एउटा निर्वाचन हार्दैमा हत्तोत्साही हुनुपर्दैन : विद्यादेवी भण्डारी
नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निराश र निरुत्साहित नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन् । बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले निर्वाचनमा हार्दैमा राजनीतिक आन्दोलनको भविष्य समाप्त नहुने बताएकी हुन् ।