SHARE
पर्दाफास · बिहीबार ४ मंिर २०८३ ०२:११ AM · 1 मिनेट पढाइ

आजदेखि भौगर्भिक सम्मेलन, २७ देशका ३५० जना सहभागी हुने

नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदै छ। समाजका महासचिव शिवकुमार बाँस्कोटाले आज मंसिर ३ देखि ५ गतेसम्म सम्मेलनको आयोजना गरिएको जानकारी दिए। अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न २७ देशबाट ३५० भन्दा बढी भूगर्भविद्, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञको सहभागिता रहने महासचिव बाँस्कोटाले बताए।