SHARE
पर्दाफास · बुधबार ३ मंिर २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

प्रहरीले भन्यो- इनम सापकोटा प्रतिवादी रहेको मुद्दामा अनुसन्धानका विवरण दिएका छैनौँ

जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण वा सूचना कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराएको जनाएको छ । अनुसन्धान अधिकृतको हवाला दिँदै विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति परिसरले ध्यानाकर्षण भएको जनाएको हो ।