SHARE
पर्दाफास · बुधबार ३ मंिर २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयन गर्न ब्रोकर एसोसिएसनको जोड

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुबेदीलाई भेट गरी कार्ययोजना कार्यान्वयनमा जोड दिएको हो ।