SHARE
पर्दाफास · बुधबार ३ मंिर २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

विमानस्थलको सुरक्षा जाँच पार गरेपछि चिनियाँ नागरिकबाट भेटियो झन्डै २ किलो सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार तथा सशस्त्र प्रहरीको सुरक्षा जाँच पार गरिसकेका एक चिनियाँ नागरिक सुनसहित पक्राउ परेका छन्। हङकङबाट नेपाल वायुसेवा निगमको उडानमार्फत काठमाडौँ आएका चिनियाँ नागरिक जियानह्वा वाङलाई नेपाल प्रहरीले एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित नियन्त्रणमा लिएको हो।