SHARE
मकालु खबर · मङगलबार २ मंिर २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टर अध्ययनमा फर्कन सहमत

काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन तथा काममा फर्कन सहमत भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा मंगलबार सिंहदरबारमा कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच भएको छलफलपछि उनीहरू अध्ययनलाई निरन्तरता दिन सहमत भएका हुन् ।