SHARE
मकालु खबर · बुधबार ३ मंिर २०८३ १२:५९ AM · 1 मिनेट पढाइ

निजामती कर्मचारीको ट्रेड युनियन खारेजीसम्बन्धी मुद्दा संवैधानिक इजलासमा

काठमाडौं । निजामती कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको छ। न्यायाधीश टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको भन्दै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो। नेपाल निजामती कर्मचारी संगठनका तर्फबाट भवानी दाहालले सरकारको निर्णयविरुद्ध रिट दायर गरेकी थिइन्।