एनपीएलः इलिमिनेटरमा आज चितवन र काठमाण्डु खेल्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशको सम्भावना कायम राख्न आज काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको एलिमिनेटर खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ।