एनपीएलको इलिमिनेटरमा आज काठमाडौँ र चितवन भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज आमने सामने हुदैछन् । आज साँझ ५ बजेदेखि सुरु हुने यो खेलको विजेता दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ ।