एनपीएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेर लुम्बिनी लायन्स फाइनलमा पुगेको छ । जितका लागि पाएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। जसमा निरोशन डिक्वेलाले ५९ रन जोडे ।