SHARE
पर्दाफास · मङगलबार २ मंिर २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

बालेनको सम्मानमा भारतीय राष्ट्रपतिले राजकीय भोज आयोजना गर्ने

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सम्मानमा राजकीय भोज आयोजना गर्ने भएकी छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाँदै छन्। भ्रमणको दोस्रो दिन मंसिर ७ गते बिहान नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई औपचारिक स्वागतसहित गार्ड अफ अनर प्रदान गरिने कार्यक्रम छ।