स्थानीयले हिम पर्वत हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज मङ्सिर १ गते अन्तिम दिन रहेको छ । कम्पनीले कार्तिक ११ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीयलाई १६ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको छ।