SHARE
पर्दाफास · मङगलबार २ मंिर २०८३ ०२:४८ AM · 1 मिनेट पढाइ

१० करोड खर्चेर बनाइएको कान्ति तालको बिजोग, संरक्षण नहुँदा झाडीले ढाकियो

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ ।