SHARE
पर्दाफास · सोमबार १ मंिर २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ

मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको टोलीले चित्लाङस्थित प्रहरी चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो ।