SHARE
पर्दाफास · आइबार​ ३० कात्िक २०८३ ०३:३० PM · 1 मिनेट पढाइ

एनपीएल : पाेखराले काठमाडौंलाई हरायाे, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडाैं गोर्खाजलाई हराएको छ। २२५ रनकाे कीर्तिमानी लक्ष्य पछ्याएकाे काठमाडौं १९.५ ओभरमा १६९ रनमा राेकियाे। जसमा साहिल पटेलले ३४,राशिद खानले ३१ रन बनाए। पाेखराकाे विपिन खत्रीले ३ र दिनेश खरेलले ४विकेट लिए।