भारतीय शेयर बजारमा फर्किए विदेशी लगानीकर्ता, ९ दिन मै ८ खर्बभन्दा धेरै लगानी
महिनौंसम्म निरन्तर शेयर बिक्री गरेका विदेशी लगानीकर्ताले नोभेम्बरको सुरुवातमा भारतीय शेयर बजारमा ठूलो रकम भित्र्याएका छन्। डिपोजिटरी तथ्यांकअनुसार, विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई) ले नोभेम्बर २ देखि १३ सम्म, नौ कारोबार दिनमा, भारतीय इक्विटीमा खुद रु. ८४,२९० करोड (८ खर्ब ४२ अर्ब) लगानी गरेका हुन्। यो लगानीसँगै लगातार दुई महिनाको खुद बिक्रीको क्रम टुटेको छ।