SHARE
पर्दाफास · आइबार​ ३० कात्िक २०८३ ११:२० AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलले गरे गौरीघाटमा छठी माताको पूजाआराधना

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गौरीघाटमा छठी माताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित आइतबार गौरीघाटस्थित छठ पूजास्थल पुगेर पूजाआराधनामा सहभागी भएका हुन् । उनले त्यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्यसमेत दिएका छन् ।