SHARE
पर्दाफास · आइबार​ ३० कात्िक २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

बंगालको खाडीमा चक्रवात बन्दै, नेपालमा भने असर नपर्ने मौसमविद्को भनाइ

नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताएका छन् । उनले बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहेको भए पनि त्यसले नेपालमा असर नगर्ने बताए ।