SHARE
पर्दाफास · आइबार​ ३० कात्िक २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

रास्वपाको चीन भ्रमणमा राज्यकोष खर्च नहुने महामन्त्री आचार्यको स्पष्टोक्ति

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतवारदेखि १० दिने चीन भ्रमणमा जान लागेको रास्वपाको प्रतिनिधिमण्डलको भ्रमण खर्च चीनले नै व्यवस्थापन गर्ने उनले बताएका हुन् ।