SHARE
Kalo Pati · आइबार​ ३० कात्िक २०८३ ०४:२३ AM · 1 मिनेट पढाइ

‘छठ पर्वले सद्भाव र सामाजिक एकता बलियो बनाओस्’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। छठ पर्व सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक भएको उल्लेख गर्दै उनले यस पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको बताएका छन् ।