SHARE
मकालु खबर · आइबार​ ३० कात्िक २०८३ १२:५६ AM · 1 मिनेट पढाइ

बङ्गुरपालनबाट मनग्य आम्दानी

नवलपुर । वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बसेर फर्किएपछि नवलपुरको मध्यविन्दु–३ ब्रम्हस्थानका नन्दे गुरुङ बङ्गुरपालनमा जुटेका छन् । अरुको देशमा श्रम पसिना बगाउनुभन्दा आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने सोचले नेपाल फर्किएर बङ्गुरपालनमा जुटेको ५९ वर्षीय गुरुङ बताउँछन् ।