SHARE
पर्दाफास · शनिबार २९ कात्िक २०८३ ०२:२६ PM · 1 मिनेट पढाइ

रवि लामिछानेको घोषणा- मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तन महशुस गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नजाने घोषणा गरेका छन् । शनिवार छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताएका हुन् ।