काठमाडौं उपत्यकामा छठको तयारी अन्तिम चरणमा, कमलपोखरीदेखि गौरीघाटसम्म सजाइयो
काठमाडौं । काठमाडौं उपत्यकामा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पर्व नजिकिएसँगै काठमाडौंका विभिन्न नदी, पोखरी तथा जलाशय क्षेत्रमा सरसफाइ, सजावट र पूजास्थल व्यवस्थापनका काम तिब्र पारिएको छ । काठमाडौंको कमलपोखरी, थापाथली, गौरीघाटलगायतका स्थानमा छठ पर्व मनाउन आवश्यक तयारी भइरहेको छ ।