SHARE
पर्दाफास · शनिबार २९ कात्िक २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

जनकपुरमा छठको तयारी पूरा, रवि आउने भएपछि गंगासागरमा विशेष सतर्कता

छठ पर्वको तयारीका निम्ति जनकपुरधामका पोखरी तथा जलाशयहरुको तयारी पूरा भएको छ । घाट सफा गर्ने देखि टेन्ट, बत्ती जडान लगायतका कार्यहरु सम्पन्न भइसहेको छ । विशिष्ठ व्यत्तिहरुको आगमनलाई मध्येनजर गर्दै जनकपुरधामका घाटसहित नगरभरिको सुरक्षा व्यवस्था कडा पारिएको छ ।