SHARE
मकालु खबर · शनिबार २९ कात्िक २०८३ ०९:१८ AM · 1 मिनेट पढाइ

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदबाट राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि आज पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।