SHARE
मकालु खबर · शनिबार २९ कात्िक २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

छठ पर्वको दोस्रो दिन आज खरना विधि गरी मनाइँदै

बारा । लोकआस्थाको पर्व सनातन धर्मावलम्बीले मान्ने छठ व्रतको दोस्रो दिन आज खरना विधि अर्थात् रसियाव रोटी मनाइँदै छ । तराईमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीले परापूर्वकालदेखि मनाउँदै आएका यस पर्वमा खरना विधि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । व्रतालु तथा तिनका आफन्त खरना विधिको तयारीमा बिहानैदेखि जुटेका छन् ।