SHARE
पर्दाफास · शनिबार २९ कात्िक २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

वर्तमान सरकारको आयु लामो छैन, यसलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए। उनले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।