SHARE
मकालु खबर · शनिबार २९ कात्िक २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

चीन भ्रमणमा जाने सांसदहरूद्वारा सभापति लामिछानेसँग छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जनवादी गणतन्त्र चीनको भ्रमणमा जान लाग्नुभएका पार्टीका सांसदहरूले छलफल गरेका छन् । सभापतिको निवासमा अहिले जारी छलफलमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता तथा सांसद सहभागी छन् ।