SHARE
मकालु खबर · शनिबार २९ कात्िक २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन् । सभापति निवासमा आज भएको छलफलमा उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न निर्देशन दिएको रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।