SHARE
पर्दाफास · शनिबार २९ कात्िक २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

चीन भ्रमणमा जाने टोलीले रवि लामिछानेसँग गरे छलफल

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ। भ्रमणको तयारी तथा समसामयिक विषयमा प्रतिनिधिमण्डलले आज सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा परामर्श गरेको हो।