SHARE
पर्दाफास · शनिबार २९ कात्िक २०८३ ०४:१२ AM · 1 मिनेट पढाइ

अमेरिकामा लगाइएको देशव्यापी उडान प्रतिबन्ध हटाइयो

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले देशभरका विमानस्थलमा लगाएको उडान प्रतिबन्ध हटाएको छ । दूरसञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण हजारौं उडान प्रभावित भएपछि शुक्रबार लगाइएको देशव्यापी प्रतिबन्ध हटाइएको हो । अमेरिकी यातायात सचिव सीन डफीले पत्रकार सम्मेलनमार्फत उडान प्रतिबन्ध हटाइएको जानकारी दिएका हुन् ।