SHARE
पर्दाफास · शनिबार २९ कात्िक २०८३ ०२:४६ AM · 1 मिनेट पढाइ

अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार

अस्ट्रेलियामा लागुऔषध दुर्व्यसनमा फसेर घरबारविहीन भएका २२ वर्षीय नेपाली युवालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको एसीटी टोलीले सहयोग गरेको छ।घरबाट बाहिरिएपछि सडकमा पुगेका ती युवालाई एनआरएनए एसीटीका संयोजक ललित मल्ल र उनको टोलीले उद्धार गरी सुरक्षित आवासको व्यवस्था गर्नेदेखि चिकित्सकीय सहयोग, दुर्व्यसनसम्बन्धी परामर्श र पुनःस्थापनाका लागि पहल गरेको हो।