भारतीय राजदूत दलेला र नेपाल–भारत चेम्बर अफ कमर्सका अध्यक्ष कायलबीच भेटवार्ता
नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (एनआईसीसीआई) का अध्यक्ष कुणाल कायलसँग भेटवार्ता गरेका छन् । भारतीय दूतावासमा आज भएको भेटमा नेपाल–भारतबीच व्यापार, आर्थिक तथा लगानी सम्बन्ध विस्तारमा एनआईसीसीआईले पुर्याउँदै आएको योगदानबारे छलफल भएको छ ।