SHARE
पर्दाफास · शुक्रबार​ २८ कात्िक २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

छठ मनाउन सोमबार पनि सार्वजनिक बिदा

सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि दिनसमेत सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार पनि सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो । यसअघि नेपाल सरकारले कात्तिक २९ गते आइतबार परेको छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको थियो ।