यो वर्ष पनि नेपालको सार्वभौम रेटिङ ‘बी बी माइनस’ नै कायम, राजनीतिक अस्थिरताको चेतावनी
अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था फिच रेटिङ्सले नेपालको दीर्घकालीन ‘इस्युअर डिफल्ट रेटिङ’ (IDR) ‘बी बी माइनस’ अर्थात् ‘BB-’ मै कायम राखेको छ। आउटलुक पनि ‘स्थिर’ राखिएको छ। हङकङबाट नोभेम्बर १२ (बिहीबार) जारी विज्ञप्तिमा फिचले यो जनाएको हो। नेपालले सन् २०२४ को नोभेम्बरमा पहिलोपटक ‘BB-’ रेटिङ पाएको थियो।