SHARE
पर्दाफास · शुक्रबार​ २८ कात्िक २०८३ ०२:०२ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५५७ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०६, सिसिटिभिमार्फत २५, रातोबत्तीमा ३८ जना चालकलाई कारबाही गरिएको छ ।