SHARE
पर्दाफास · बिहीबार २७ कात्िक २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

एनपीएलको सत्रौं अर्धशतक सामराको नाममा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सत्रौं अर्धशतक पोखरा एभेन्जर्सका युवराज सामराको नाममा दर्ज भएको छ। युवराजले विराटनगर किङ्सकाविरूद्ध ३२ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे। युवराज जारी सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी समेत हुन्। जारी सिजनमा हालसम्म १७ अर्धशतक र एक शतक प्रहार भएको छ।