SHARE
पर्दाफास · बिहीबार २७ कात्िक २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

‘जलवायु संकटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै हरित गृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन् ।