SHARE
पर्दाफास · बुधबार २६ कात्िक २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

२८ वर्षदेखि सामूहिक भाइटीका लगाउँदै अञ्जली दिदी भन्छिन्– भगवानले साथ दिएसम्म निरन्तरता दिन्छु

दिदीबहिनी नभएका तथा परिवारबाट टाढा रहेका दाजुभाइलाई भाइटीका लगाइदिने उद्देश्यले अञ्जली दिदीले सुरु गरेको सामूहिक भाइटीकाको परम्परा २८ वर्षमा प्रवेश गरेको छ। काठमाडौंको वसन्तपुरस्थित मरु सत्तलको गोरखनाथ परिसरमा उनले हरेक वर्ष दाजुभाइलाई भाइटीका लगाउँदै आएकी छन्।