SHARE
पर्दाफास · मङगलबार २५ कात्िक २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

प्रहरी सहायक हवल्दार गुरुङ मृत फेला

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत फेला परेका छन् । गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।