SHARE
पर्दाफास · मङगलबार २५ कात्िक २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

कस्तो होला आज देशभरको मौसम ?

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।