युवराज साम्राको नाममा एनपीएलको चौधौ अर्धशतक
पोखरा एभेन्जर्सका युवराज साम्राले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को चौधौं अर्धशतक आफ्नो नाममा लेखाएका छन्। साम्राले कर्णाली याक्सकाविरूद्ध २३ बलमा २ छक्का र ६ चौकाको मद्दतमा अर्धशतक पूरा गरे। जारी प्रतियोगितामा हालसम्म १४ अर्धशतक प्रहार भएका छन्। यसअघि विराटनगरका लोकेश बमले दुई अर्धशतक हिर्काएका थिए।