SHARE
पर्दाफास · सोमबार २४ कात्िक २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

पटका पट्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु

पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् । प्रहरीका अनुसार आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो ।