SHARE
अन्नपूर्ण · सोमबार २४ कात्िक २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

पर्सामा पटाका पड्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु

वीरगन्ज : पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा शरीरमा आगोले पोलेर घाइते भएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्।स्थानीय बासिन्दाका अनुसार सोमबार बिहान करिब ८ बजे घरअगाडि पटाका पड्काउने क्रममा कुन्दनको छातीमा आगोले पोलेर गम्भीर  घाइते भई बेहोस भएका थिए।  उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल पुर्‍याइएको थियो।