कार बिजुलीको पोलमा ठोक्किएर आगलागी हुँदा ६ जनाको मृत्यु
काठमाडौं : भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा भएको कार दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ।समाचार एजेन्सी पीटीआईका अनुसार पानीपत-खटीमा राजमार्गको जगहेडी ओभरब्रिज नजिकै तीव्र गतिमा गुडिरहेको कार अनियन्त्रित भई पहिले सडकको डिभाइडरमा र लगत्तै बिजुलीको पोलमा ठोक्किएको थियो। ठक्करलगत्तै कारमा भीषण आगलागी भएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण