SHARE
अन्नपूर्ण · सोमबार २४ कात्िक २०८३ ११:०० AM · 1 मिनेट पढाइ

आइएमई बिग सावधिक जीवन बीमा योजना सार्वजनिक

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लक्ष्मीपूजाको पावन अवसरमा लोयल्टी बोनस सहितको नयाँ ‘ आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ ।बचत र जीवन सुरक्षालाई एकसाथ समेट्ने यस योजनाले बीमालेखलाई निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनस मार्फत थप लाभ प्रदान गर्नेछ । यस योजना अन्तर्गत बीमा अवधि समाप्तिसम्म बीमित जीवित रहेमा बीमाङ्क रकम, बोनस तथा लोयल्टी बोनस एकमुष्ट प्राप्त हुनेछ ।