SHARE
पर्दाफास · सोमबार २४ कात्िक २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

स्याफ्रुबेसीमा आजदेखि नयाँ काठे पुल संचालनमा

गत भदौ १० गते भोटेकोशी नदिमा आएको बाढीका कारण रसुवाको स्याफ्रुबेसीमा रहेको पुल बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध हुन पुगेको थियो । त्यसपछि स्थानीयले यातायात व्यवस्थापनका लागि काठेपुल निर्माण गरेका थिए ।  कार्तिक १४ गते भोटेकोशीमा पुनः आएको बाढीले उक्त काठे पुल पनि बगाएर यातायात बन्द हुन पुगेको थियो ।