SHARE
पर्दाफास · सोमबार २४ कात्िक २०८३ ०१:३९ AM · 1 मिनेट पढाइ

गौमाताको पूजा गरि गाई तिहार मनाइदै, यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ । गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले फूलमाला, टीका र विभिन्न परिकार खुवाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ ।