SHARE
बासुरी खबर · आइबार​ २३ कात्िक २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

बारीबाटै बजारसम्म हेलम्बुका किसान : कृषि एम्बुलेन्सले राजधानी पुर्‍यायो सयपत्रीसहित मौसमी उत्पादन

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका किसानका लागि यस वर्षको तिहार फूल बेच्ने अवसर मात्र बनेन, स्थानीय उत्पादनलाई राजधानीको बजारसम्म पुर्‍याउने नयाँ बाटो पनि बनेको छ। ढुवानी र बजारको अभावमा विगतमा बारीमै उत्पादन कुहाउनुपर्ने वा सस्तोमा बेच्नुपर्ने बाध्यता भोग्दै आएका किसानले यसपटक गाउँपालिकाको कृषि एम्बुलेन्समार्फत आफ्ना उत्पादन काठमाडौँ पुर्‍याएका छन्।