SHARE
बासुरी खबर · आइबार​ १६ कात्िक २०८३ ०२:३४ AM · 1 मिनेट पढाइ

जुगल–२ को पहिलो आरोहणसँगै अन्तर्राष्ट्रिय पर्यटनको नयाँ सम्भावना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिमशृङ्खलामा रहेको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले हिमालको शिखरमा पुगेर पहिलो आरोहणको इतिहास बनाएका हुन्। शिखरमा पुगेर आरोही टोली सुरक्षित रूपमा आधारशिविर फर्किएको जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङले जानकारी दिएका छन्।